धनुषामा गुडिरहेको रेलको ठक्करबाट एक महिलाको दुःखद मृत्यु
जनकपुरधाम, १२ जेठ । धनुषामा गुडिरहेको रेलको ठक्करबाट एक जना महिलाको दुःखद मृत्यु भएको छ। जनकपुरधामतर्फ आउँदै गरेको रेलको ठक्करबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रेल मार्ग पार गर्ने क्रममा वा ट्रयाक नजिकै रहँदा ती महिलालाई रेलले ठक्कर दिएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।
प्रहरीले मृतक महिलाको पहिचान खुलाउने प्रयास गरिरहेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइने तयारी भइरहेको जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ। यस दुःखद घटनासँग सम्बन्धित थप अपडेटहरू प्राप्त गर्नका लागि PKD Official सँगै जोडिनुहोला।

0 Comments