प्यूठानमा भिरबाट लडेर एक युवतीको अकालमै ज्यान गएको छ। जिल्लाको नौबहिनी गाउँपालिका–५ गावै माझटोल बस्ने २१ वर्षीया दुर्गा गिरीको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो।
स्थानीय बाहाने निवासी महेश थापाले दिएको जानकारी अनुसार, गिरी गाउँ नजिकैको भिरविसौनास्थित अँधेरीखोला खोल्सामा घाँस काट्न गएकी थिइन्। सोही क्रममा अचानक खुट्टा चिप्लिएर भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतक गिरीका एक ३ वर्षीय नाबालक छोरा रहेका छन्। पहाडी भेगमा भिरपाखामा घाँस काट्दा सावधानी नअपनाउँदा यस्ता दुखद घटनाहरू दोहोरिने गरेका छन्।

0 Comments