तुलसीपुर उपमहानगरपालिका: सार्वजनिक जग्गाको वस्तुस्थिति तथा संरक्षणको आवश्यकता
हाम्रो तुलसीपुर उपमहानगरपालिकाको व्यवस्थित विकास र सुन्दर भविष्यका लागि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हामी सबै नगरवासीको साझा दायित्व हो। हालको सरकारी अभिलेख अनुसार उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा रहेको देखिन्छ। यस महत्वपूर्ण सम्पत्तिको वर्तमान अवस्थाबारे जानकारी राख्नु सचेत नागरिकको कर्तव्य हो।
वर्तमान उपयोग: हाल उपमहानगरपालिकाले आफ्नो प्रशासनिक भवन रहेको १० कठ्ठा र बसपार्क क्षेत्रको केही सीमित जग्गा मात्र प्रत्यक्ष प्रयोग गरिरहेको छ।
क्षेत्रगत विवरण (तथ्याङ्क):
| कित्ता / क्षेत्र विवरण | क्षेत्रफल / स्थिति |
|---|---|
| कित्ता नं ५ (घ) ८१२ कार्यालयको उत्तर-पूर्व |
३ वटा पक्की घरहरू |
| कित्ता नं ५ (ख) ५४४ आलुमण्डी क्षेत्र |
१ बिघा १० कठ्ठा १४ धुर (९७ घरहरू) |
| कित्ता नं ५ (ख) ५४५ | ३ कठ्ठा (१९ घरहरू) |
| कित्ता नं ५ (ख) ५४६ | ११ कठ्ठा (३६ घरहरू) |
| कित्ता नं ५ (ख) ४९९३ | ५३,५६५ वर्गमिटर (४७ घरहरू) |
— PKD Official

0 Comments